
सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिकाका विभिन्न स्थानमा छरिएर रहेका मुसहर समुदायकाे संरक्षण अभियान सुरू गर्न थालिएको छ।
लोपुन्मुख र सिमान्तकृत जातिको रुपमा सूचीकृत मुसहरहरु फसको झुपडीमा कष्टकर जीवनयापन गरिरहेका छन् । पछिल्लो समय सरकारी तथा गैर सरकारी निकायले मुसहर जातिको संरक्षणका लागि घरआवास निर्माण गर्नुका साथै सहयोगका कार्यक्रमहरु संचालन गर्न थालेका छन् ।
कमलाखोंच क्षेत्रका पत्रिंगा, टांडी र कोग्टीलगायतका विभिन्न स्थानहरुमा बागमती प्रदेश सरकारको सहयोगमा व्यवस्थित आवासगृह निर्माण गरिएको छ । कमला नदीमा माछा मार्ने, बनिबुतो गर्ने, जंगली जनावारहरुको शिकार गरी खाने जिल्लाकै पिछडिएको लापोन्मुख मुसहर जातिको उत्थानका लागि स्वास्थ्य शिक्षा, रोजगार तथा सीप र ज्ञानको माध्यमबाट आय आर्जनमा क्रियाशील गराउन थालिएको छ ।
सिन्धुलीमा १ हजार ४ सयको संख्यामा मुसहरहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्