
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिनुभएको हो ।
अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नुभएको स्मरण समेत गराउनुभयो ।
सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक बिदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्