२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गर्‍यो : नारायणकाजी श्रेष्ठ


403
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताउनुभएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताउनुभयो ।

उहाँले सञ्चारकर्मीहरुमाझ नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गर्नुपर्ने समेत बताउनुभयो ।

सरकारले यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक दिएको छ ।