
एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘शहजादा’को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक फिल्मको उक्त ट्रेलर एक्सन र मनोरञ्जनले भरिपूर्ण छ । फिल्मको ट्रेलरमा कार्तिक एक्सन अवतार देखिएका छन् । उनी एक्सन अवतारमा देखिएका यो पहिले पटक हो । फिल्ममा कार्तिक र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको छ ।
निर्देशक रोहित धवनले निर्देशन गरेको यस फिल्मको ट्रेलरको सुरुमै कार्तिकको स्वरमा एक्सनसहितको संवाद प्रस्तुत भएको छ । फिल्ममा परेश रावल कार्तिकको बुवाको भूमिकामा देखिएका छन् ।
साथै, ट्रेलरमा कार्तिक र कृतिको केमेस्ट्री गजबको देखिन्छ । ट्रेलर हेर्दा फिल्म एक्सन, कमेडी, रोमान्सले भरिपूर्ण रहेको बुझिएको छ । फिल्ममा कार्तिक, कृति र परेशको अलावा मनिषा कोइराला र रोनित रोयको पनि अभिनय रहेको छ ।
फिल्म १० फेब्रुअरी २०२३ मा रिलिज हुने छ।
प्रतिक्रिया दिनुहोस्