२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिमका मुख्यमन्त्रीको पहिलो निर्णय : शासकीय सुधार गर्न कार्यदल गठन


78
Shares

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे ।

बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । त्यस्तै मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।

उहाँले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष कुमारी शर्मा थापालाई मन्त्रीमा शपथ ग्रहण गराउनु भएकाे हाे । उहाँहरुको मन्त्रालय तोकिएको छैन् ।

सपथ ग्रहणलगत्तै मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गरेलगत्तै उहाँले शासकीय सुधार गर्ने पहिलो निर्णय गर्नुभएकाे थियाे ।

उहाँले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गर्नु भएको हो ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।