
बारा । बाराको जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पोडेलले सामान्य कार्यविधि समेत पालना नगरी कृषि र स्वास्थ्यका कर्मचारी नियुक्त गरेकाे छन् ।
नगर प्रमुखकाे यस्ताे कदमकाे स्थानीयले चर्को विरोध गरिरहेका छन् । गत पुस २६ र २७ गते कृषि प्राविधिक, स्वास्थ्यका चिकित्सक, प्राविधिक, नर्सदेखि कर्मचारी छनौटमा कार्यविधिमा उल्लेख भएको लिखित, प्रयोगात्मक परीक्षा बिनै मौखिक अन्तरवार्ता मात्रै गराइ नियम विपरित आफन्त र कार्यकर्ताका सन्तानलाई कर्मचारीमा छनौट गरे पछि स्थानीयले विरोध स्वरुप अख्तियारमा उजुरी दर्ता गराएको हो ।
भर्ना प्रकृयामा देखिने गरी मिलेमतो भएको भन्दै जितपुरसिमरा १४ का भजु नायन थारुले न्याय पाउन अख्तियारमा उजुरी दिएको जानकारी दिनुभयाे ।
कार्यविधिको सूचीकरण समितिमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखले तोकेको विषय विज्ञको अधिकृत र विषयगत शाखा प्रमुख रहने तीन सदस्यीय टोली रहने उल्लेख गरिएको छ ।
मेयर राजन पौडेलकाे दबाबमा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलको उपस्थिति बिनै समिति बाहेकका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख शिवजीमार्फत सहभागीलाई अन्तरवार्ता लिन लगाई नतिजा प्रकाशन गर्न लगाइएकाे थियाे ।
स्थानीयको चर्को विरोध र दबाब पछि कार्यपालिका सदस्यहरुले समेत कर्मचारी भर्ना प्रक्रिया मेयर पौडेललको गलत निर्णको विरोध गर्न थालेका छन् ।
उपमहानगरको प्रवक्ता तथा बडा अध्यक्ष ईश्वर केसीले कार्यविधिअनुसार कर्मचारी छनौट नभई त्रुटिपुर्ण रहेको बताउदै स्थानीयको ब्यापक विरोध र उजुरी बढेकोले कार्यपालिका बैठकले निर्णय सच्चाउने जानकारी गराएका छन् ।
प्रमुख पौडेलले कार्यपालिका सदस्यहरुको राय सल्लाह नै नलिने एकोहोरो प्रवृति बढाएपछि केही साताअघि सम्म पटक-पटक नगरपालिका तालाबन्दी हुदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्