
एजेन्सी । भारतीय अभिनेत्री नुसरत भरूचा फिल्म ‘छोरी–२’ को छायांकनको क्रममा घाइते भएकी छन् ।
फिल्मको एक्सन दृश्य छायांकनको क्रममा उनको अनुहार र हातमा चोट लागेको हो । उनी घाइते भएकाे कुरा फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै जानकारी गराएकी हुन् ।
सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । उनी यसअघि पनि फिल्म छायांकनको क्रममा घाइते भएकी थिइन् । तर, यसपटक उनको अनुहारमा नै टाँका लागाउन परेको छ ।
नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा सार्वजनिक भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए ।
‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिने भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्