६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जामा पेट्रोल पम्प सिल


1.118k
Shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका-३ बाड्खोलामा रहेकाे नेपाल पेट्रोलियम सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिल गरेको छ ।

उक्त पम्पबाट सेवा लिएका सेवाग्राहीहरुबाट गुणस्तरहीन पेट्रोल बिक्री वितरण गरेको गुनासो आएपछि पेट्रोल पम्प सिल गरिएको प्रशासनले जनाएको हाे । सेवाग्राहीहरुले नै त्यस पम्पबाट हालिएको तेलका कारणले सवारी साधनहरुमा विभिन्न खराबी आएको गुनासो गरेका थिए ।

जसका कारण साेही पम्प सिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे। उहाँका अनुसार पम्प सिल गरिएपछि नमुना स्वरूप बिक्री वितरण गरिएको तेल दक्ष प्राविधिक मार्फत अनुसन्धान गर्न परीक्षण केन्द्रमा पठाइएको छ ।

प्रमुख क्षेत्रीले अनुसन्धान पश्चात दोषी देखिए नेपाल पेट्रोलियम सप्लायर्सलाई कानूनी कारबाही अगाडि बढाइने बताउनुभयाे ।