१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा दाताको सहयोगले खेलाडीलाई राहत


572
Shares

तेह्रथुम । तेह्रथुमका ग्रामीण क्षेत्रमा रहेर खेलकुद विकासका विभिन्न प्रगियोगिताहरुमा सहभागी जनाउन खेलाडीहरुलाई निकै समस्या हुने गरेको छ ।

स्थानीय स्तरदेखि क्षेत्रीय जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका खेलाडीहरुलाई दाताको सहयोगले राहत मिलेको हाे । छथर-६ सुदापमा नै जन्म भई हाल अमेरिकामा रहनु भएको भगवान कटुवालले खेलाईहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ २५ हजार बराबरको ट्याक र जर्सी सहयोग गरेसँगै राहात मिलेको हो ।

कटुवालले वडा कार्यालय मार्फत सुदाप भलिबल टिमलाई ८-८ थान ट्याक र जर्सी सहयोग गर्नु भएको हो । आफूसँग प्रयाप्त खेलकुद सामग्री नहुँदा आफूसँग जे छ त्यसलाई नै प्रयोग गर्दै आएको टिम मेनेजर मनिष खड्काले बताउनुभयो।गाउँपालिकाको सुदापलाई खेलकुद क्षेत्रमा अब्बल वडाको रुपमा लिने गरिन्छ । वडाका कार्यालयमा सिमित रकम भएका कारण खेलकुद क्षेत्रमा व्यस्थापन गर्न नसकीरहेको बेला सहयोग गर्नु हुने दातालाई छथर गाउँपालिका-६ का वडाध्यक्ष महेन्द्र मादेनले धन्यावाद व्यक्त गर्नुभयो ।

यहाँका खेलाडीहरु स्थानीय, क्षेत्रीय, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुँदै विभिन्न स्थान प्राप्त गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरुलाई प्रोत्साहनका स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।