१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामकाे लोदिया खोलामा पुल बनेसँगै स्थानीय खुशी


325
Shares

इलाम । मेची राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको झापा इलाम जोड्ने सडकमा रहेको लोदिया खोलामा पुल निर्माणकाे काम सम्पन्न भएको छ ।

पश्चिमी इलामका वासीन्दाको यात्राका लागि तगारो बनेको लोदिया खोलामा पुल बनेसँगै यात्रा गर्न सहज भएको हो । माई नगरपालिका-३ मा रहेको लोदिया खोलाको पुल निर्माणको काम कोरोना माहामारीका कारण पनि ढिलाई भएको थियो ।

मेची राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको झापा इलाम जोड्ने सडकको बाधक बनेको लोदिया खोला थियो । मेची राजमार्ग अघि नै गाडी गुडाएको शनिश्चिरे राजदूवाली सडकमा पर्ने लोदिया खोलामा हिउँदामा मात्रै गाडी गुडाइँदै आएको छ । तर, अहिले पक्कि पुल निर्माण भएपछि हिउँद वर्षामा नै गाडी गुडाउन र पैदल यात्राका लागि सहज भएको हो ।

हिउँदामा पानी कम हुने र वर्षातमा तगारो लोदिया खोलाको पुल निर्माणको काम सकिएपछि इलामवासीको झापा यात्रा सहज भएको हो । पुल बनेसँगै पश्चिमी इलामका वासीन्दाको तराई यात्रा सहज भएको छ ।

२०७४ असारमा ठेक्का सम्झौता भएको पुलको काम गत आर्थिक वर्षमा सकिएको थियो । रसुवा इलाइट जेभिले लोदिया खोलामा पुल निर्माणको जिम्मा पाएको थियो । पुल नहुँदा वर्षातमा आवतजावत गर्न समस्या हुँदै आएपनि अब भने दुःखका दिनकाे अन्त्य भएको स्थानीय शान्ता चौहानले बताउनुभयो ।

माई नगरपालिका-३ मा रहेको लोदिया खोलाको पुल निर्माणको काम कोरोना माहामारीका कारण पनि ढिलाई भएको थियो । २१ करोड ६२ लाखमा सम्झौता भएको पुल २ सय मिटर लामो रहेको छ ।