
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई हराएको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २–१ ले हराएको हो ।
युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्