११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


माघे संक्रान्तिकाे अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना


52
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएकाे छ ।

आज आइतबार माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे छ ।

साेही पर्वले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन समेत उहाँले अपील गर्नुभएकाे छ ।

नेपालीकोबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा उहाँले गर्नुभएकाे छ । प्रधानमन्त्री दाहालले साेही अवसरमा मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएकाे छ ।