८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लिभरपुल ब्राइटनसँग पराजित


195
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३–० ले पराजित भएको हो ।

ब्राइटनको मैदानमा भएको खेलको ४६ औं मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा ड्यानी वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को जित दिलाए ।

जितसँगै ब्राइटन ३० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।