
काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले कठिन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले हेलास भेरोनामाथि १–० को कठिन जित निकालेको हो ।
इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरे ।
अर्को खेलमा एसी मिलान लेचेसँग २–२ को बराबरीमा रोकिएको छ ।
लिसका फेडरिकोले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका राफायल लियो र डेभिड कालाब्रियाले बराबरी गोल फर्काए ।
यस्तै, अर्को खेलमा मोन्जाले क्रेमोनेसेलाई ३–२ ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्