१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन


221
Shares

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ ।

नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् ।

विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको अभिनय रहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन भएको फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् ।

राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रलाई २०८० सालको बैशाख १ गते रिलिज गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।