१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिमसार क्षेत्रका जीव संकटमा


130
Shares

नवलपुर । उचित बासस्थानको अभाव र बढ्दो प्रदुषणका कारण नदीमा आश्रीत जिवहरु संकटमा परेका छन् । विशेष गरि सिमसार क्षेत्रमा पाइने जिव बासस्थानको अभावका कारण हरेक वर्ष घट्ने अवस्थामा पुगेको एक अनुसन्धानले देखाएको छ ।

बढ्दो जनघनत्व, उद्योगहरुबाट निस्कने विषादीयूक्त केमिकलहरु सिधै नारायणी नदीमा मिसाउदा अहिले जलमा आश्रीत जिवहरुको अवस्था संकटमा रहेको विज्ञहरु बताउछन् । केहि दिन अघी नवलपुर र चितवन क्षेत्रमा गरिएको चरा गणनाले पनि जिवहरुको अवस्था संकटपूर्ण रहेको देखाएको छ । आन्तरिक र वाह्यरुपमा आश्रीत हुन आउने जिवहरुको संख्या घट्दो छ । केहि वर्ष अघिसम्म नारायणी किनारमा आन्तरिक चराहरुको आगमन हुने भए पनि अहिले भने यो संख्या घट्दो छ ।

स्थानिय प्रजातीका चराबाहेक नयाँ जातका चराहरुको संख्या भने प्रत्येक वर्ष घट्दै गइरुहेको छ । यसको मुख्य कारण नै जलमा भएको प्रदुषण नै भएको विज्ञाहरु बताउछन् ।
बजारको संख्या बढ्दो रहेको । बजारबाट उत्पन्न हुने फोहोरहरु नारायणी नदीमा मिसाउने, उद्योगबाट निस्केका विषादीयूक्त केमिकल, नारायणी नदी किनारमा खोलीएका कारखानाहरु नै जलमा आश्रीत जिवहरुको संख्या घट्नुको कारण रहेको संरक्षणकर्मी विष्णु अधिकारी बताउनुहुन्छ ।

नदीमा आश्रीत जनावर वा पंक्षी अवलोकन गर्नको लागि यस क्षेत्रमा देशविदेशबाट पर्यटकहरु आउने गरेका छन, तर नदिमा बढेको प्रदुषणका कारण यस्ता जिवहरुको संख्या घट्न थालेपछि पर्यटन क्षेत्रको विकासमा समेत प्रभाव परेको देखिन्छ ।

जिल्लमा केहि दिन अघि हिमालय नेचर, टाइगर टप्स र जटायु रेष्टुरेन्टको आयोजनामा चरा गणना गरिएको थियो । उक्त गणनाले पनि स्थानिय प्रजातीका चराहरुको संख्या घठ्ने क्रममा रहेको छ । जिल्लाको गैंडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्मको नारायणी नदी क्षेत्रमा गरिएको गणनाबाट यस वर्ष ४३ प्रजातिका चरा फेला परेका छन् ।

जसमध्ये बेल्चाठुडे हाँस, काली जुरे हाँस, लाल खुट्टो चिम्टीमा, जुरे हुटिट्याउ र राजसुडसुडिया गरी ५ प्रजातीका गत वर्ष नेदेखिएको चरा यस वर्ष देखा परेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । गत वर्ष ३८ प्रजातीका जलपंक्षी फेला परेका थिए ।

देशमा पर्यटन विकासको मुख्य आधार प्राकृतीक स्रोत साधन नै हो तर पछिल्लो समय यस्ता प्राकृतीक स्रोत साधनमाको संरक्षण हुन नसक्दा यसको चौथर्फी असरहरु दखापर्न थालेका छन् । त्यसैले सम्वन्धित निकायले प्राकृतीक श्रोत साधनलाई जोगाएरजनचरहरुको संरक्षणमा ध्यान दिनु जरुरी देखिन्छ ।