१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


देवघाटमा भक्तजनको घुइँचो


65
Shares

काठमाडौं । माघे संक्रान्ति पर्वको अवसरमा तनहुँ र चितवनको देवघाट धाममा आइतबार भब्य मेला लागेको छ ।

आइतबार बिहानैदेखि देवघाट धाममा मकर स्नान गर्ने भक्तजनहरुको भीड लागेको हो ।

कालीगण्डकी, त्रिशुली र नारायणकी नदीको संगममा मकर स्नान गर्न देशभरका विभिन्न स्थानबाट भक्तजनहरु देवघाट पुगेका थिए ।

माघे संक्रान्तिको अवसरमा देवघाट, म्याग्दीको गलेश्वर, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आजकै दिन थारु समुदायले माघी पर्व मनाएका छन् भने मगर समुदायले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरी माघे संक्रान्ती पर्व मनाएका छन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तीलाई मकर संकान्ति पनि भन्ने गरिन्छ ।