
तेह्रथुम । छथर जोरपाटी गाउँपालिका-६ सिधुवा धनकुटामा शिवालय मन्दिर निमार्णका लागि जग्गा उपलब्ध भएकाे छ ।
साेही गाउँपालिकाका स्थानीयवासी डम्बरबहादुर घिमिरेले आधा रोपनी र रामबहादुर घिमिरेले आधा रोपनी गरी जम्ममा १ रोपनी जग्गा मन्दिर बनाउनका लागि प्रदान गरेका हुन् । कोशी राजमार्गदेखि करिब १ सय मिटरको दूरीमा घिमिरेद्वयले जग्गा प्रदान गरेका हुन् । चित्त पखाला घिमिरे बन्धुहरुको कुल मन्दिर निमार्णको लागि जग्गा प्रदान गरेका छन् ।
मन्दिर निमार्णका लागि उपयुक्त स्थान भएकोले १५ लाख बराबरको १ रोपनी जग्गा घिमिरेद्वयले प्रदान गरेका थिए । मन्दिर निमार्णका लागि स्थानीयहरुको सक्रियतामा घडेरी सम्याउने कामा समेत सुरु भएको छ । मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ स्थानीयको आफ्नै लगानीमा १५ सय मिटर सडक निमार्ण गरिएको छ ।
जग्गा प्राप्त भएसँगै मन्दिर निमार्णको काम सुरु भएको स्थानीय अम्बरबहादुर घिमिरेले बताउनुभयो ।मन्दिर निमार्णका लागि स्थानीय प्रदेश तथा संघीय सरकारबाट आर्थिक स्रोत पहिचान गरिने भएको छ । करिब २ सय जना भक्तजन बस्ने भवन तथा शिवालय मन्दिर निमार्ण गरिने लक्ष्य रहेको छ ।
साेही मन्दिर निमार्णले पूर्वीपहाडको पर्यटकीय स्थलको रुपमा थप हुने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्