१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा ५ करोड रूपैयाँकाे सुन्तला उत्पादन


39
Shares

ओखलढुंगा । ओखलढुंगामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।

गत वर्षको तुलनमा २६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको हो । यस वर्ष जिल्लामा ८ सय ५० मेट्रिक टन अर्थात करिब ५ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । समयमै पानी पर्दा सुन्तलाको उत्पादन बढेको हाे ।

जिल्लामा ८० देखि १ सय २० रुपैयाँ प्रतिकेजी सुन्तला बिक्री हुँदै आएको छ । जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्र र जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, लिखु, चिशंखुगढी र सुनकोशी गाउँपालिकामा बढी सुन्तला खेती हुने गरेको छ ।

ओखलढुंगामा २ सय ७६ हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ ।