
काठमाडौं । नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।
कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
मंगलबार प्रदेशसभा सचिवालयस्थित बहादुरसिंह लामाको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बसेको बैठकले केही सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेसले जम्कट्टेललाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको छ ।
११० सदस्य रहेको प्रदेशसभामा सत्तारुढ दलको बहुमत रहेको छ । विश्वासको मत प्राप्त गर्न जम्मकट्टेललाई ५६ मत चाहिन्छ ।
प्रतिक्रिया दिनुहोस्