
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरबाट विभिन्न हतियारसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका–४ का ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका–२ का २७ वर्षीय विश्वराज कार्की रहेको बुटवल जिल्ला प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिनभयो ।
चेकजाँच गर्ने क्रममा नवीनचन्द्रको साथबाट एकथान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अनुसन्धानका क्रममा सैनामैना नगरपालिका–१, पर्रोहास्थित नवीनको कोठाबाट ३५ राउण्ड गोली, तीन थान तयारी डेटोनेटर, ६० थान डेटोनेटर केस र चार मिटर डेटकर्ड समेत बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्