
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ ।
भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
पहाडी तथा शहरी क्षेत्रमा भूकम्प तथा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सु–सुचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । यस्ता अभ्यासले विपदका घटनाबाट बच्ने उपाय तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ ।
स्थानीय स्तरमा समेत जनचेतना जगाउन यस्ता घटना अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने हुँदा स्थानीय विपद् व्यवस्थापन समितिबाट समेत प्रचार प्रसार गरी यस्ता घटना अभ्यास गर्नुपर्नेमा स्थानीय सहभागीले भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्