
काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताउनुभएको छ ।
बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताउनुभएको हो ।
उहाँले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भएपनि सम्भावना पनि धेरै रहेको बताउनुभयो । उहाँले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताउनुभयो । उहाँले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताउनुभयो । वाग्लले सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलव भत्ता दिँदैमा सकिने अवस्था रहेको बताउनुभयो ।
उहाँले बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजश्व संकलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेण्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजश्व बढाउन सकिने बताउनु भयो । उहाँले कर्मचारीलाई तालिम दिएर राजश्व बढाउने सोच पुरानो भएको बताउनुभयो । उहाँले सीएहरुलाई कहाँकहाँ राजश्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजश्व बढाउन सहयोग पुग्ने बताउनुभयो । वाग्लेले सीएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने बताउनुभयो । उहाँले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले राजस्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्