३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कम खर्चमा उत्पादन धेरै हुनेगरी काम गर्ने कृषिमन्त्री साहको प्रतिवद्धता


91
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मन्त्री साहले किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताउनुभयो । आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने भन्दे उहाँले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको बताउनुभयो ।

मन्त्री साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दुध उत्पादन हुने भन्दै दूधबाट घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनिर आदि उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना हुनेगरी काम गर्न सरकार लागिरहेको बताउनुभयो ।