
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ ।
नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो ।
नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरु पाल्ने किसानलाई अनुदान दिएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले किसानलाई अनुदान मात्रै नभएर गोरुको अनिवार्य बीमासहित अनुदान दिने बताइएको छ ।
नगरपालिकाले अनुदानस्वरुप ८० लाख बढी खर्च हुने अनुमान गरेको छ । नगरपालिकाले किसानको अपेक्षा अनुसार प्रोत्साहन अनुसार अनुदान दिएको हो ।
नगरपालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौंरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले २ करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्