८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थपिए ५ जना कोरोना संक्रमित


52
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११५९ जनाको नमूना परीक्षण गरिएको थियो ।

४६४ जनाको पीसीआर र ५९५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।