२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : नेम्वाङ


195
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुवास नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताउनुभयो । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उहाँले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताउनुभयो ।

उहाँले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताउनुभयो । उहाँले प्रतिनिधि सभामा बिहीबार निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताउनुभयो ।

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।