
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा बसोवास गर्ने दनुवार समुदायले उत्पादन गरेका घरेलु उत्पादनले पर्याप्त बजार पाउन सकेको छैन ।
दनुवार महिलाहरुले थाकलको पात र बाँसको प्रयोग गरीे हातले बुनेको रंगीन चटाई, गुन्द्री र ढकिया लगायतका आकर्षक घरेलु उत्पादनले पर्याप्त बजार पाउन नसकेकाे हाे । जसका कारण दनुवार महिलाहरु चिन्तित भएका छन् ।
बजारहरुमा प्लाष्टिकका सामग्रीहरु सस्तो रुपमा पाउन थालेपछि घरेलु सामग्रीहरु चटाई, गुन्द्री र ढकिया विक्री वितरण नहुँदा समस्या भएकाे लक्ष्मी अधिकारी दनुवारले बताउनुभयाे । दनुवार समुदायको बसोवास रहेको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बजारहरु विस्तार भएपछि परम्परागत उत्पादनहरु विक्री वितरण हुन छाेडेकाे हाे ।
प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग र थाकल र बाँसका सामग्री बनाउने पेशा अगाल्ने जनशक्तिको कमीले यो व्यवसाय संकटमा परेको दनुवार समुदायका हरि दनुवारले बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्