२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सभामुख घिमिरेले गरे पदभार ग्रहण


130
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नु भएको छ ।

शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

पदभार ग्रहण गर्नु भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिया दिनुहुँदै सभामुख घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसदको अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’

सभामुख घिमिरेले संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताउनुभयो ।