६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पुरानै लयमा फर्कियो म्याग्दीको होटल व्यवसाय


208
Shares

म्याग्दी । म्याग्दीको होटल व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षको अवधिमा सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय गत असोजदेखि पुरानै लयमा फर्किएको हो ।

२०७६ सालको शुरुवातदेखि पर्यटकहरु आउने क्रम बढ्न थालेपछि राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरीलाई समेटेको पर्यटकीय जिल्ला म्याग्दीमा होटलहरुको संख्या बृद्धि भएर १ सय २० वटा पुगेका थियाे

तीन वर्ष अघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा अहिले थप नयाँ ३३ वटा पर्यटक लक्षित होटलहरु खुलेका छन् ।

यी सबै होटलहरुमा गरी ८३ करोड भन्दा बढिको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ ।
वार्षिक ३० हजार जनाको अनुपातमा तेस्रो मुलुकका पर्यटकहरु भित्रिने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ सालयता १ सय २० वटा होटल दर्ता भएका र अरु होटलहरु प्निखुल्ने क्रम जारी रहेको घरेलु तथा सानाउद्योग विकास समिति म्याग्दीले जनाएको छ ।

म्याग्दीका होटलमा ४ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । म्याग्दीमा १ लाखदेखि ३० करोड रुपैयाँभन्दा बढि लगानी रहेका होटलहरु खुलेका छन् ।