१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुष्मा तामाङ एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा


39
Shares

काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् ।

बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।

फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ । अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । फाइनल खेल बुधबार हुने छ ।