
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ।
आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएकाे हो । सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ।
फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको फ्यानको भूमिकामा देखिएका छन् । साेही फिल्ममा नुसरत भरूचा र मृणाल ठाकुरको समेत अभिनय रहेकाे छ।
यस फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसन्स’ को हिन्दी रिमेक हो । राज मेहताले निर्देशक गरेको फिल्ममा यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण र अपुर्भा मेहताको लगानी रहेको छ। फिल्मकाे कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन्।
आगमी फागुन १२ गतेदेखि यो फिल्म प्रदर्शन हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्