२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङको इंगलद्वारको पुल बन्याे, स्थानीय खुशी


65
Shares

बझाङ । बझाङको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इंगलद्वारको पुल निर्माणको काम सम्पन्न भएको छ ।

सेती नदीमा झोलुंगे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान र सिमेन्ट लगायत सम्पूर्ण सामानहरु हेलिकोप्टर मार्फत ढुवानी गरेको निर्माण कम्पनी हरिहरि निर्माण सेवा प्रालिले जनाएको हाे । १ वर्ष पहिलेसम्म साईपाल गाउँपालिकाको सहयोग र स्थानीयको सक्रियतामा काठेपुल निर्माण गर्ने प्रचलन थियो । तर अब अन्त्य भएको छ ।

इंगलद्वारमा पुल बनेपछि जोखिम मोल्दै आएका स्थानीय निकै खुशी भएका छन् । पुल बनेपछि स्थानीयका साथै तिब्बतको मानसरोबर कैलाश जाने तीर्थयात्री तथा चीनको ताक्लाकोट जाने व्यापारीलाई पनि सहज भएको छ ।

पुल निर्माणस्थल जिल्लाको अन्तिम मानव बस्ती साइपाल गाउँपालिकाको धुली गाउँबाट करिब १५-२० किलोमिटर उत्तरमा पर्छ ।