१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिया बगानमा दुई जना मृत फेला


156
Shares

काठमाडौं । झापाको चिया बगानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा मंगलबार बिहान उनीहरु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल गाउँपालिका– ४ केचनाका राजेशकुमार गणेश र पवित्रा राजवंशी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरुमा युवक अन्दाजी २५ वर्ष र युवती १८ वर्षकी भएको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।