
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचारमा डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने छ ।
‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरको ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट गर्ने समझदारी भएको छ ।
यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्री श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले सम्झौता गर्नुभयो हो ।
मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गर्ने ग्राहक यो फाइदा उपभोग गर्न सक्ने छन् ।
ग्राहकलाई उपचारमा ५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्