२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा फाइबर ब्याग बनाउने तालिम सुरू


390
Shares

अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सुरु भएको छ ।

जिल्लाका ६ वटा स्थानीय तहबाट छनोट भएका महिलाहरूले फाइबर ब्याग बनाउने तालिम लिन सुरू गरेका हुन् । घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति अनुसार सिपमुलक तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

साेही तालिमले लिएसँगै महिला दिदी-बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । जसका कारण आर्थिक उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँकाे तर्क छ ।

१४ जना सहभागिता रहेको उक्त तालिममा सहभागीलाई आवश्यक अनुसारको सिलाई र कटाई मेसिन ८० प्रतिशत अनुदानमा पनि दिने कार्यक्रम रहेको प्रमुख खनालले बताउनुभयो ।