३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेस गर्न आग्रह


52
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेस गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग भेटगरी सुनचाँदीका बिषयलाई मुलुकको पञ्वर्षिय योजनामा समावेश गर्न आग्रह गरेको हो ।

उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी व्यवसायी महासंघले अगाडि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको ब्यवस्थापन र तालिम लगायतका विषयलाई सम्वोधनगर्न आयोगले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनको कारोबारमा नीतिको अभाव भएको उल्लेख गर्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठसमक्ष आग्रह गर्नुभएको थियो ।