
Web Pic
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजाको गल्याङ्ग नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति करिब साढे ११ बजे दुर्घटना हुँदा उनको मृत्यु भएको हो । टिपर सडकबाट करिब ३ सय मीटर तल खसेको थियो ।
दुर्घटना पश्चात खोततलास गर्ने क्रममा न्यौपानेको शव बिहीबार बिहान करिब पौने ८ बजे तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्