१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशको १४ स्थानमा विशेष आर्थिक क्षेत्र ‘सेज’को स्थापना


78
Shares

बारा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सिमरा ‘सेज’ संचालनमा आएको छ ।

उद्यमीले कारखाना संचालनका लागि पूर्वाधार निर्माण सुरु गरे सँगै सिमरा सेज संचालनमा आएको हो । ‘ए ब्लक’ मा स्थापना हुने उद्योगमा करिब ६ अर्ब लगानी हुने र झण्डै २ हजारले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।

सेजमा प्रशासनिक भवन, प्रहरी सुरक्षा, बैंक, बीमा, हुलाक, भन्सार, क्यान्टिन, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी र विद्युतीकरण लगायतका संरचना निर्माण पुरा भइसकेको छ ।

हर्वल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्ड, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण, आल्मुनियम, भाडा, टिस्यु पेपर र ठुलो संख्यामा गार्मेट उद्योग संचालन हुने जनाइएको छ ।

निर्यात प्रबद्र्धनको माध्यमबाट आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्न सरकारले देशको १४ स्थानमा सेजको स्थापना गरेको छ ।