
काठमाडौं । स्वाद अलैंचीको, मीठास नेपालको नारासहित परम्परागत र फ्युजन नेपाली परिकारको रेसिपी बुक सार्वजनिक गरिएको छ ।
वाह! अलैची अभियानले सार्वजनिक गरेको पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन् ।
यस पुस्तकमा समावेश गरिएका रेसिपी, वाह! अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको जनाइएको छ ।
सन् २०२२ मा नेपाल अलैंची व्यवसायी महासंघले सरकारको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह! अलैंची अभियान शुभारम्भ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्