
फाइल तस्वीर
काठमाडौं । बाँकेको कोहलपुरका एक व्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु भएको छ ।
साेही घटनामा श्रीमती भने गम्भीर घाइते भएकी हुन् । कोहलपुरका भानुभक्त बिकले श्रीमती गंगासँग आइतबार साँझ झगडा गरेपछि पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो ।
श्रीमतीलाई आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएका आमा र छोरालाई उपचारका लागि भेरी अस्पतालमा लगिएकाेमा छोराको साेमबार बिहान मृत्यु भएको हो ।
भारततर्फ भाग्दै गरेका बिकलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्