७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पोखरा विमान दुर्घटनापछि काठमाडौं-सिमरा रूटमा हवाई यात्रु घटे

भाडादर घटाउँदा पनि यात्रु पाउन मुश्किल

234
Shares

बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ ।

काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो ।

यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले भाडा दर घटाएका छन् । दैनिक १५ सयदेखि २ हजारसम्म यात्रु आवतजावत गर्ने गरेकोमा हाल २ सयदेखि ३ सय यात्रुले मात्र सेवा लिंदै आएको बाराको सिमरा विमानस्थलले जनाएको छ ।

सिमरा विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले एटिआर विमानले पूरा यात्रु नपाएको बताउनुभयाे ।