२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो


169
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो ।

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले मंगलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमती जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोली बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनुभयो ।