
बुटवल । बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु भएको छ ।
बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो ।
बुद्धनगरमा एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेले सडकको शिलान्यास गर्नुभयो । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गको तिनाउँ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक विस्तार गरिने छ । उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम सुरु भएको र यसले निरन्तरता पाउने बताउनुभयो । सडक खण्ड निर्माणका लागि २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस्