१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु


338
Shares

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ९ को भुजेलपानीमा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर १९ वर्षिय रोशन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

रोशन विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा काम गर्दै आएको बताइएको छ ।