
ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ ।
यसवर्ष जिल्लामा ८० हेक्टर क्षेत्रमा अदुवा खेती गरिएको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष १० मेट्रिक टन मात्रै बढी अदुवा उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लाको विगुटार, राँगादीप, वर्णालु, ठाडे, टोड्के, रुम्जाटारलगायतका क्षेत्रमा बढी मात्रामा अदुवा उत्पादन हुँदै आएको छ ।
बाँदरले समेत क्षति नगर्ने भएपछि यहाँका किसान अदुवा खेतीतर्फ आकर्षित छन् । जिल्लामा अदुवा खेती प्रवर्द्धन गर्ने खालका कार्यक्रम न्यून सञ्चालन हुने गरेका छन् । अदुवाको मूल्यमा आइरहने उतारचढावले भने यहाँका किसानलाई सास्ती दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्