२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नगरस्तरीय महिला टी-२० क्रिकेटको उपाधि देहिमाडौंलाई


65
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-२ देहिमाडौंले हात पारेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा दशरथचन्द नगरपालिकामा-८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहिमाडौंले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि हात पारेसँगै देहिमाडौंले नगद २५ हजार, ट्रफी, मेडल हात पारेको छ भने त्रिपुराले नगद १५ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

यस्तै, १० विकेट हात पारेकी देहिमाडौंकी बसन्ती बोहरा उत्कृष्ट बलर र देहिमाडौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् ।

सहिद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका ७ टोलीको सहभागिता रहेको थियो ।