
काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।
गत पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्धय धुब्रराज नन्द र रमेश ढकालको संयुक्त इजलासले नाबालिका बलात्कारको आरोप लागेका लामिछानेलई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
नाबालिकालाई गौशालास्थित एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप लागेका लिमिछानेविरुद्ध गत कात्तिक १४ गते १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सो मुद्दामा सुनुवाइ गर्दै जील्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । जील्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन निवेदन उपर सुनुवाई गर्दै अदालतले केही शर्तसहित लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्