२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिले उपेक्षा गरे


156
Shares

डडेल्धुरा । बैतडीको सुनार्याका जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिहरुले उपेक्षा गरेको स्थानीयले बताएका छन् ।

सुनार्या गाउँपालिकाको वडा नं. २, ६, ७, र ८ का जनता खानेपानी, सिँचाइ, विद्युत, गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाबाट बञ्चित भएको उनीहरुले बताएका हुन् ।

पटक पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले समेत जनताको मागलाई वेवास्ता गरेको र चुनावका बेला मात्र आकर्षक नारा दिएर भोट बटुल्ने काम गरेको उनीहरुको आरोप छ ।

सुनार्या र रौलेश्वर गाउँपालिकाबीचका पथरकोट, खटाली, बरायल, खर्काधार लगायतका बस्ती जोडने बाटोहरुमा पनि मापदण्ड अनुसारको दिगो सडक नहुँदा स्थानीयले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।