
काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताउनुभयो । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको व्यवहार जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसाबबाट अघि बढ्न सुझाव दिनुभयो ।
उहाँले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताउनुभयो ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्